साहित्य समाजको मुहार देखाउन लेख्ने हो – साहित्यकार पबिन दाहाल

साहित्यकार पबिन दाहाल – साहित्यकार पबिन दाहाल एकदशक देखि साहित्यमा कलम चलाईरहनु भएको छ । रेडियो कान्तिपुरको साहित्यिक कार्यक्रम प्रस्तोता भुपेन्द्र खड्काको साथमा भाव संवेग बाट प्रभावित भएर गजल विधाबाट साहित्यमा प्रवेश गर्नु भएको हो ।उहाँले गजल ,मुक्तक ,गित र उपन्यास लेख्नुहुन्छ। रेडियो कान्तिपुरबाट सम्मानित पनि हुनु भएको थियो ।संयुक्त गजल सङ्ग्रह “प्रवाशका अक्षर “(३०७०),संयुक्त गीति एल्बम “समर्पण”(२०७०) , “अनुपम”(२०७२) र विभिन्न एकल गितहरु तथा उपन्यास “तराजुमा प्रेम”(२०७४)बजारमा आइसकेको छ। उनै साहित्यकार पबिन दाहालसंग हाम्रा सहकर्मी मनु बिद्रोहीले कुराकानी गर्नुभएको छ ।

साहित्यकार पबिन दाहाल
साहित्यकार पबिन दाहालको पछिल्लो कृति

१. तपाईं आजभोलि के मा व्यस्त हुनुहुन्छ ?

– लेखन भन्दा बाहिर व्यक्तिगत काम हरुमा व्यस्त छु केही समय पछि पुन लेखनमा फर्कने छु ।

२. नेपालमा साहित्यिक क्षेत्रलाई तपाईले कसरी हेर्नु भएको छ ? तपाईको विचारमा साहित्य के हो ?

– आजको साहित्य जगत भौतिक रुपमा धेरै फराकिलो भएको जस्तो देखिन्छ तर स्तरियता भने साँगुरो हुँदै गए जस्तो लाग्छ मेरो विचारमा ।

३. एउटा साहित्यकारले किन लेख्ने गर्छन ?के साहित्य सिर्जनाले देश स्थिति परिवर्तनमा सहयोग गर्छ ?

– साहित्य समाज को मुहार देखाउन लेख्ने हो । तर अहिलेका धेरै जसो साहित्यकार आफ्नो परिचय र सौख पूरा गर्न लेख्छन जस्तो लाग्छ ।

४. साहित्य एउटा विशाल सागर हो,यस सागरमा साहित्यकार पबिन दाहाललाइ कहाँनिर पाउनुहुन्छ ?

– म आफुलाइ मुल्यांकन गर्ने क्षमता राख्दिन । यो काम पाठक र श्रोता बर्ग लाई छोडी दिन्छु ।

५. साहित्यलाई नै अंगालेर जिविकोपार्जन गर्न सक्ने अवस्था छ कि छैन ?

– आजको दिन मा कठिन छ । किनकी पठन संस्कृति संगै व्यावसायिक बन्न चुनौती थपिएको छ ।

६. कतिपयलाई मिडियाले साहित्यकार बनाईदिएको छ भन्छन्, साहित्यमा नातावाद र कृपावादको प्रभावले नेपाली साहित्यलाई कस्तो असर पर्ला ?

– आजको यथार्थ यहि छ । यद्यपि केही राम्रो लेखनले हिट बनेका छन तर धेरै जसो सस्तो प्रचारप्रसारले राम्रो देखिएका छन ।

७. अहिले विकास भएको सुचाना प्रविधि र यसले नेपाली साहित्यलाई कस्तो प्रभाव पारेको देख्नुहुन्छ ?

– आजको साहित्य लाई सकारात्मक र नकारात्मक दुबै भुमिका खेलेको छ । सुचना प्रबिधिले । एकातिर पुस्तक नकिनी पनि पढ्न र सुन्न सकिने सुबिधा भयो अर्को तिर पुस्तक को प्रचारप्रसार लाई सहयोग मिल्यो ।

८. अहिलेसम्म साहित्यिक क्षेत्रमा लागिरहदा कतिको सन्तुष्टि प्राप्त गर्नुभएको छ ?

– आफुले लेखेको सामाग्रीमा म खुसी छु। र जहाँ सम्म लाग्छ मेरा गित र पुस्तक पढ्ने पाठक श्रोता हरुले उत्साहित भएर फिड्ब्याक दिनु भएको छ ।

९. तपाईको भावी साहित्यिक योजनाको बारेमा बताई दिनुहोस् न ?

– बिस्तारै अर्को पुस्तक आउनेछ । गित हरु पनि आउने क्रम छ।

१०.उपन्यास तराजुमा प्रेम भित्र केके भेटिन्छ ?पाठकहरुले के का लागि पढ्नु पर्छ ?

– पुस्तकमा समाजका विभिन्न पाटा भेटिन्छन् । प्रेम बियोग त्याग तपस्या बिश्वास धेरै भेटिन्छ । युवा पुस्तामा देखिने बिकृती र बिसंगती लाई नियाल्न पढ्नु पर्छ जस्तो लाग्छ ।

११. अन्त्यमा, एक्सप्रेस समाचारवाट के भन्न चाहानुहुन्छ ?

– मेरा सम्पुर्ण श्रोता पाठक र तपाईं हरु मिडियाकै मायाले मेरो अस्तित्व रहने छ तसर्थ पुस्तक र गित हरुलाइ धेरै धेरै माया गरिदिनु होला । यहाँ हरुको मायाले मलाई अर्को उर्जा मिल्नेछ । धन्यवाद

साहित्यकार पबिन दाहाल

र यो पनि हेर्नुस – धेरै थोक हो साहित्य मेरा लागि- कवि जीवन खत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *