साहित्य स्वतन्त्र हुनुपर्छ : मुक्तककार सरोज संगम

मुक्तककार सरोज संगम स्कुल पढ्दा देखि नै कविता लेख्नु हुन्थ्यो । सुरुसुरुमा” रत्न साहित्यिक” मासिकमा भावना प्रकाशित भावना लेख्दा लेख्दै कविता लेख्न थाल्नु भयो ।आफ्नो प्रेरणाको स्रोत निराजन थापालाई मान्नु हुन्छ धौलागिरी एफ.एम बाट गजल मुक्तकको कार्यक्रम सुन्न थालेपछी प्रभावित भएर साहित्यलाई निरन्तरता दिन थाल्नु भएको ६-७ बर्ष भयो ।उहाँ द्यौलागिरी कला साहित्य मञ्चको आजिवन सदस्य हुनुहुन्छ ।उहाँ बहु बिधामा कलम चलाउनु हुन्छ सिक्ने क्रममा कविता मा धेरै कलम चलाउनु हुन्थ्यो अहिले गजल र मुक्तकमा बढी सक्रिय हुनुहुन्छ । उहाँको केही समय अगाडी “गाथा” मुक्तक संग्रह द्यौलागिरी कला साहित्य मंचबाट प्रकाशित भइस्स्केको छ ।

तपाईं आजभोलि के मा व्यस्त हुनुहुन्छ ?

अहिले त परदेशबाट छुट्टिमा आएको छु यसै समयलाई सदुपयोग गर्दै केहि दिन अघि चितवन मा सम्पुर्ण किताब नारायणगढ को आयोजना एब ॐ कार्की स्मृति साहित्य प्रतिस्ठान को सह आयोजनामा मेरो एकल मुक्तक बाचन कार्यकम सम्पन्न गरे बाकि समय अहिले साहित्यिक भेटघाट साहित्यिक घुमघाममै ब्य्स्त छु ।

तपाईंको विचारमा साहित्य के हो?साहित्य सिर्जना के को निम्ति गर्नुहुन्छ?

मेरो बिचारमा साहित्य एउटा समाजको जनजिबनको दर्पण हो | एउटा आफ्नो आत्मसन्तोष को लागी सिर्जना गर्छु |

कुन समयमा लेख्ने भावना फुर्छ? विशेष कुन बिधालाई बढी प्राथमिकता दिनुहुन्छ ?

त्यस्तो यहि समय नै भन्ने त हुन्न तर मनमा कुनै कुराले छुदा र लेख्ने बानी बसेपछी कुनै काम गरेको बेला पनि शब्द फुर्दोरहेछ अनि त्यहि नै मेरो साहित्य बनेर जन्मन्छ | ठ्याक्कै यो बिधा होइन तर मुक्तक बढी लेख्छु ।गजल कविता कहिलेकाहीँ लेख्छु।

हाल विकास भएको सुचना प्रविधि र यसले नेपाली साहित्यलाई कस्तो प्रभाव पारेको देख्नुहुन्छ?

पछिल्लो समय यो सुचना प्रबिधीले धेरै साहित्यको बिकास गरेको छ किनकि पहिले रचना लेख्ने डायरीमा थन्काउने मात्र हुन्थ्यो अहिले सामाजिक संजालमा राखिन्छ कस्तो लेख्छु भन्ने सामान्य भएनि सुझाव पाईन्छ | र आफुलाई लेखु लेखु हुनेगर्छ | यसो गर्दा सिर्जनात्मक क्षमता बढने र धेर सिक्ने अबसर पनी पाईन्छ | तर सामाजिक संजालमा सिर्जन राख्दा चोरी हुने कपि गरिदा सर्जकहरुलाई ग्लानि पैदा हुने बैमनस्ता सिर्जना हुने गर्छ यस्को लागी सहि मापदण्ड आए राम्रो हुने थियो |

पुरुष लेखक भन्दा महिला लेखकको संख्यामा कमि देख्नु र पुरुष लेखक भन्दा महिला लेखक पछाडी पर्नुको मुख्य कारण के होला?

मुख्यतय हाम्रो नेपाली समाज नै हो किनकि हाम्रो समाज पुरुषबादी सोचबाट ग्रस्त छ | महिला अधीकार का कुरा जति गरिन्छ तर ब्यबहारमा कहि देखिन्न | पछाडि पर्नुको कारन पहिला महिला आफै साहित्यमा आउन हिचकिचाउनु दोस्रो कुरा आउन चहनेहरुलाई साथ सहयोग नमिल्नु पनी हो |

लाईक ,कमेन्ट र सेयरको आधारमा सिर्जना पुरस्कृत गरिन्छ यस्तो प्रक्रियाले उत्कृष्ट सिर्जनाको छनोट हुन सक्ला त?यस्तो प्रक्रिया तपाईंलाई कस्तो लाग्छ ?

यो प्रक्रीया बिल्कुलै गलत हो यसो गरिनु साहित्यको बलात्कार हो र सर्जक प्रति अपमान हो | साहित्यमा यो ठुलो त्यो ठुलो भन्ने भ्रम राख्नु नै गलत हो | साहित्य स्वतन्त्र हुनुपर्छ र रहन दिनुपर्छ |

कतिपयलाई मिडियाले साहित्यकार बनाइदिएको छ भन्छन् नातावाद र कृपावादको प्रभावले साहित्यलाई कस्तो असर पर्ला ?

साहित्यलाई निरन्तरता दिनु ठुलो कुरा हो नाताबाद कृपावादको कारण असर त पर्छ तर सर्जक आफैमा सक्षम छ भने कसैको केहि लाग्दैन अकबरी सुनलाई कसी लाउनु पर्दैन मिडियाले दुईचार दिन अगाडी लैजाला दुईचार दिन लगत्तै हरायो भने त्यस्को अर्थ हुन्न |

साहित्यलाई समानको ऎना मानिन्छ,कस्ता कस्ता विषयवस्तुमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?

साहित्य ले समस्या मात्र उराल्ने हैन समस्या निराकरण का उपायहरु देखाउन सक्नुपर्छ | शिक्षा राजनिति भ्रष्टाचार का बिशयमा साहित्य लेख्न सके अबस्य समाज परिबर्तन मा पुग्छ जस्तो लाग्छ |

साहित्यमा राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत माहसुस गर्न सकिएला ?

राज्यस्तरबाट धेरै कुरा हैन लगानी गर्दा नेपाली साहित्य बिकासमा सहयोग पुग्ने गरी आर्थिक बजेट लगानी गरिदिने र साहित्यिक गोस्ठी गर्ने साहित्यिक सर्जकहरुलाई हौसला हुने खालका कार्यक्रम अगाडी सारे राम्रो हुन्थ्यो जस्तो लाग्छ |

आजभोलि नेपाली साहित्यमा आगन्तुक शब्दहरू बढी नै प्रयोग हुने गरेको पाइन्छ यस्तो प्रवृतिले के कस्तो असर पर्न सक्छ ?

मुख्य कुरा नेपाली साहित्यलाई माया गर्नेले अरु शब्द मिसाउन्न मलाई यस्तो शब्द प्रयोग गरेको देख्दा राम्रो लाग्दैन | यस्तो कार्यले आफ्नै भाषाको अनादार हुन्छ |

मुक्तक सङ्ग्रह गाथा भित्र केके भेटिन्छ ?केका लागि पढ्नु पर्छ ?

मेरो पहिलो सहित्यिक कृति हो मुक्तक संग्रह गाथा जस भित्र सामाजिक बिसङ्गति माया प्रेम समाज परिबर्तन का कुरा समेट्ने कोशिश गरेको छु | एउटा कुरा त म भर्खर साहित्यमा पाईला चाल्दैछु त्यसैले मलाई हौसला दिनका लागी अर्को कुरा मेरा रचना के कस्ता छन सुझाब सल्लाह दिनका लागी नि पढनुपर्छ र पढनुहुन्छ भन्ने आशा गरेको छु |

अन्त्यमा मैले सोध्न छुटाएको र भन्न मन लागेको कुरा केहि बाकी छ कि ?

खासै त्यस्तो कुरा छैन तर यत्ति भन्छु नेपाली साहित्यलाई माया गर्नुस आफु नेपाली हुनुमा गर्ब गर्ने गर्नुस अंग्रेजी फरर बोल्ने मात्र शिक्षीत ब्यक्ति हैन आफ्नो भाषा जोगाउनुपर्छ यो हाम्रो अस्तित्व हो भन्ने कुरा नबिर्सिनु हुन सबै नेपाली साहित्यप्रेमी र पाठकहरुलाई यहि आग्रह गर्छु | अन्त्यमा यो साहित्यको पालुवालाई पनी अन्तर्बार्ता को लाएक मानिदिनुभएको हजुरलाई मनैदेखी अभार प्रकट गर्छु |

र याे पनि हेर्नुस – साहित्य लेख्नेले समाजको बारेमा पनि बोल्नु पर्छ – गजलकार भेषराज बुढाथोकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *