सिंचाई आयोजना निर्माण गर्नका लागी बकैया नदीमा चेक बाँध बन्ने

नवराज चौलागाईं, निजगढ, । निजगढ नगरपालिकाले सिंचाई आयोजना निर्माण गर्नकालागी बकैया नदीमा चेक बाँध निर्माण गर्ने भएकोछ । निजगढको खेतीयोग्य जमिनमा सिंचाईको सुविधा वृद्धि गर्दै नदि नियन्त्रण गर्नकोलागि चेक बाँध निर्माणको अवधारणा अघि बढाएको निजगढका मेयर सुरेश कुमार खनालले बताउनुभयो ।

मेयर खनालले चुरे क्षेत्रमा पर्ने मोहोरिस्थित बकैया नदिमा चेक बाँध निर्माण गरेर व्यवस्थित नहर मार्फत खेतीयोग्य जमिन सम्म सिंचाईको सुविधा पुर्याउनु आफ्नो लक्ष रहेको बताउनुभयो । ५० लाख रुपैंया लागतमा यस आर्थिक वर्षमा बाध निर्माण कार्यलाई अघि बढाउने खनालले बताउनुभयो । आवश्यकताको आधारमा थप संरचना र अन्य कार्यहरु अघि बढाउने पनि मेयर खनालले बताउनुभयो ।

बाध निर्माणकोलागी बुधबार मेयर खनाल सहित प्राविधिकहरुको टोलीले अनुगमन समेत गरेकोछ । बाध बाट नहर हुदै खेतीयोग्य जमिन सम्म सिंचाईको व्यवस्था गर्न सके कृषि क्षेत्रले निजगढको अर्थतन्त्रमा थप योगदान पुर्याउने आफुले विश्वाश लिएको खनालले जनाउनुभयो । साविकको निजगढ र नगरपालिकाको वडा नम्बर १० का कृषकहरु बाँध निर्माण पश्चात प्रत्यक्ष लाभान्वित हुनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *