सुनकाे भाउ एकैदिन ३ हजारले घट्याे

काठमाण्डाै – सुनको भाउ शुक्रबार एकैदिन तोलामा तीन हजार रुपैयाँले घटेको छ ।

सुनको भाउ शुक्रबार तोलाको ७८ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तोलामा आठ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी तोलामा ४० रुपैयाँ घटेर तोलाको आठ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । 

कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा शेयर कारोबार खस्किएसँगै सुनचाँदीको भाउ घटेको महासङ्घले जनाएको छ ।  

र यो पनि हेर्नुस – प्रदेश २ सरकार : सबै सामुदायिक विद्यालयमा नर्स राख्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *