सुनकोशी बस दुर्घटना प्रति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुनकोशी नदीमा बस खसेको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आइतबार दिउँसो दोलखाको मागा देउरालीबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख नम्बरको बस सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा खस्दा १३ जनाको मृत्यु र करिब दुई दर्जन व्यक्ति घाइते भएका थिए ।

र याे पनि हेर्नुस –  सुनकोशी बस दुर्घटनामा मृत्यू हुनेकाे स‌ंख्या १३ पुग्याे

सभापति देउवाले प्रेस विज्ञप्ति जारी गरि मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उनले बेपत्ताहरुको खोजी तथा घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरे ।

र याे पनि हेर्नुस –  सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *