सुशाशन सहितको बिकास आवश्यक : मेयर सुरेश कुमार खनाल

निजगढ,१७ फागुन – निजगढका मेयर सुरेश कुमार खनालले सुशाशन सहितको बिकास अहिलेको आवश्यकता रहेको जनाउनुभएकोछ ।

राष्ट्रिय सुचना आयोगले सोमबार निजगढमा आयोजना गरेको सुचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मेयर खनालले पारदर्शी ढंगले गर्ने क्रियाकलापका कारण भ्रष्टाचार लगायत अनियमितता न्यूनीकरण हुँदै जाने कुरामा जोड दिनुभयो । सहि सुचना पाउने नागरिकको अधिकार भएको बताउनुहुँदै मेयर खनालले सुचना प्रवाह गर्न निजगढ नगरपालिकाले कुनै वाधा अवरोध नगरेको बताउनुभयो।

कार्यक्रममा राष्ट्रिय सुचना आयोगकि सुचना आयुक्त कमला ओली थापा र राष्ट्रिय सुचना आयोगका उपसचिव कपिल प्रसाद उपाध्यायले सुचनाको हक सम्बन्धमा रहेका कानुनि प्रावधान र अधिकारको विषयमा सहभागीहरुलाई जानकारी गराउनुभएकोथियो । कार्यक्रममा सहभागीहरुले आवश्यक सुचना सम्बन्धित निकायबाट नपाईने गरेको गुनासो गरेकाथिए ।

कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत सुमन कुमार कार्की,निजगढ नगरपालिकाका सुचना अधिकारि रविन घिमिरे,वडा अध्यक्ष,कार्यपालिका सदस्य,संचारमर्की लगायतको सहभागिता रहेकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *