बाराका कुन स्थानिय तहको बजे‌ट कति ?

बाराका अधिकाशं स्थानिय तहहरुले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेका छन् । जिल्लामा रहेका १६ वटा पालिकाहरुका मध्य अधिकाशंले हिजो(बुधबार) र केहिले केहि दिन अगाडि नै आयव्यय प्रस्तुत गरेका हुन भने केहि पालिकाले अझै बजेट सार्वनिक गर्न सकेका छैनन् ।  स्थानिय तहले पेश गरेको बजेट सभाबाट स्विकृत भएपछि मात्र खर्च गर्न सकिने प्रावधान रहेकाले सोहि अनुसार स्थानिय तहहरुले बजेट प्रस्तुत गरेका छन ।

बारामा संघिय संरचना अनुसार कलैया र जितपुर सिमरा गरी २ उपमहानगर सहित ५ नगरपालिका र ९ गाउँपालिका गरी १६ स्थानिय तह रहेका छन । बारामा आर्थिक बर्ष २०७७/७८ का लागि हालसम्म १३ वटा स्थानिय तहले कुल ‍साढे ६ अर्व बजेट विनियोजन गरेको छ ।

कलैया उपमहानगरपालिका,निजगढ नगरपालिका, महागढिमाई नगरपालिका, पचरौता नगरपालिका,करैयामाई गाउँपालिका,परवानिपुर गाउँपालिका ,फेटा गाउँपालिका,सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका,विश्रामपुर गाउँपालिकाले असार १० (बुधवार) एकैपटक वजेट सार्वजिक गरेका हुन ।

आर्थिक बर्ष २०७७/७८ का लागी कलैया उपमहानगरपालिकाको पाँचौ नगरसभाले एक अर्व ३० करोड ९९ लाख ७ हजार ६९ रुपैया को बजेट ल्याएको छ । त्यस्तै जिल्लाको उत्तरी भेगमा पर्ने निजगढ नगरपालिकाले ८८ करोड ४९ लाख ५० हजार बराबरको बजेट प्रस्तुत गरेको नगरप्रमुख सुरेश कुमार खनालले जानकारी दिनुभयो ।

बाराको दक्षिण भागमा रहेको पचरौता नगरपाललिकाको पाँचौ नगर सभाले ४८ करोड ३२ लाखको बजेट ल्याउँदा यता सिम्रौनगढ नगरपालिकाले असार ९ गते नै ४४ करोड ४५ लाख ३२ हजार ४ सय २० बराबरको बजेट ल्याईसकेको छ । त्यस्तै महागढिमाई नगरपालिकाले ५५ करोड ४४ लाख बराबरको आयव्यय प्रस्तुत गरेको छ ।

गाउँपालिकामध्ये हालसम्म सवैभन्दा बढि करैयामाई गाउँपालिकाले ४४ करोड ५५ लाख ४३ हजार ५ सय ५० बराबरको बजेट ल्याएको छ ।बाराका स्थानिय तहमध्य सबैभन्दा पहिले बजेट सार्वजिक गरेको पर्सौनि गाउँपालिकाले ३३ करोड ७५ लाखको बजेट प्रस्तुत गरेको छ ।  यता परवानिपुर गाउँपालिकाको छैटौं सभाले ३७ करोड ४ लाख ४१ हजार बराबरको बजेट ल्याउदा आदर्श कोतवाल गाउँपालिकाले ४३ करोड ७१ लाख ७९ हजार बराबरको बजेट ल्याएको छ भने विश्रामपुर गाउँपालिकाले पनि ३० करोडको बजेट प्रस्तुत गरेको छ ।   

त्यस्तै सुवर्ण गाउँपालिकाल ३६ बजेट ल्याएको छ । उता फेटा गाउँपालिकाले आगामि आर्थिक बर्पको लागि  ३३ करोड ४५ लाखको बजेट ल्याउदा देवतालगाउँपालिकाले ३६ करोडको विनियोजन गरी निति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

बजेट विनियोजन गरेका पालिकाहरुले स्वास्थ्य शिक्षा कृषि तथा भौतिक पुर्वाधारलाई प्राथामिकतामा राखेका छन । जिल्लामा रहेका तिन पालिकाहरुले भने असार १० को सिमावधि भित्र आगामि आर्थिक वर्ष २०७७/७८ को लागी बजेट सार्वजनिक गर्न सकेनन् । जसमा जितपुर सिमरा उपमहानगरपालिका,कोह्लवि नगरपालिका र बारागढि गाउँपालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *