लायन्स क्लव स्थापनाको ५० औ वर्ष : निजगढ सिटीद्वारा स्वास्थ्य सुरक्षा सामाग्री वितरण

निजगढ,२५ श्रावण । लायन्स क्लव अफ निजगढ सिटिले निजगढ नगरपालिका स्वास्थ्य साखा लगायत बिभिन्न संघ संस्थाहरुलाई स्वास्थ्य सामगरिहरु वितरण गरेकोछ । लायन्स क्लव स्थापना भएको ५० औ वर्षको उपलक्षमा उक्त सामाग्रीहरु वितरण गरेकोहो ।

लायन्सले निजगढ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रमेश लामालाई १० थान पिपीई,स्यानिटाईजर र मास्क वितरण गरेकोहो । निजगढ नगरपालिकाले स्थापना गर्न लागेको अईसोलेसन सेन्टरकालागि आवश्यक स्वास्थ्य सुरक्षा सम्बन्धि सामाग्रीहरु वितरण गरेको लायन्स क्लव अफ निजगढ सिटिका प्रेसिडेन्ट मनोज रेग्मीले बताउनभयो । लायन्सले निजगढ स्थित कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रले उपलब्ध गराएको पिपीई सेट हस्तान्तरण गरेकोहो ।

यसैगरी निजगढबाट प्रशारित रेडियोहरुलाई पनि लायन्स क्लव अफ निजगढ सिटीले स्यानिटाईजर र मास्क प्रदान गरेकोछ । रेडियो मध्यतराई र रेडियो निजगढलाई लायन्सले उक्त सामाग्रीहरु हस्तान्तरण गरेकोहो ।

निजगढ नगरपालिकाको कार्यालय गणेश भवनमा सम्पन्न कार्यक्रमको कार्यक्रमको संचालन लायन खड्गप्रसाद उप्रेतीले गर्नुभएकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *