लायन्स क्लव द्वारा निजगढका सुरक्षा निकायहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण

नवराज चौलागाईं, निजगढ,३१ भाद्र । लायन्स क्लव अफ निजगढ र लायन्स क्लव अफ निजगढ पिसले बिभिन्न सुरक्षा निकायहरुलाई कोरोना भाईरस संक्रमण नियन्त्रणकालागि आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेकोछ। बुधबार आयोजित एक कार्यक्रमको बीच स्वास्थ्य सुरक्षा सम्बन्धि बिभिन्न सुरक्षा सामाग्रीहरु वितरण गरेकोहो ।

लायन्सले निजगढ नगरपालिकाको अईसोलेसन सेन्टर,ईलाका प्रहरी कार्यालय निजगढ,जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ,ससस्त्र प्रहरु बल सुरक्षा बेश क्याम्प निजगढ,नेपालि सेनाको सडक निर्माण कार्यदल बाघदेव र जिरोकिलोलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको लायन्स क्लव अफ निजगढ पिसका प्रेसिडेन्ट पवन श्रेष्ठले बताउनुभयो । लायन्स क्लव अफ निजगढ र लायास क्लव अफ निजगढ पिसले निजगढ नगर उध्योग वाणिज्य संघको सहकार्यमा सुरक्षा निकायहरुलाई १५ थान पिपीई,१५ थान थर्मल गन र सर्जिकल मास्क वितरण गरेको लायन्स क्लव अफ निजगढ पिसका प्रेसिडेन्ट श्रेष्ठले बताउनुभयो । निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल र उपप्रमुख लिलादेवी लामिछाने खनालले उक्त सामाग्रीहरु हस्तान्तरण गर्नुभएकोथियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै निजगढका मेयर खनालले कोरोना भाईरस संक्रमण बाट जोगिन नगरपालिकाले व्यवसायी र समग्र नगरवासीहरुलाई लक्षित गरेर जारि गरेको व्यवसाय संचालन कार्यविधिको पालना गर्न नगरवासीहरुलाई आग्रह गर्नुभएकोथियो । कार्यक्रममा सहभागीहरुले नगरपालिकाले कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न चालेका कदमहरु उचित रहेकै कारण नगरमा कोरोना भाईरस संक्रमणको जोखिम अनियन्त्रित रुपमा फैलिन नपाएको बताएकाथिए ।

लायन्स क्लव अफ निजगढका प्रेसिडेन्ट रामचन्द्र जैसवालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन लायन्स क्लव अफ निजगढका पुर्व प्रेसिडेन्ट प्रभात सिग्देलले संचालन गर्नुभएकोथियो । कार्यक्रममा लायन्स क्लवका बिभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *