निजगढ नगरपालिकाद्वारा स्वास्थ्य स्वयंसेविका सम्मानित

निजगढ नगरपालिकाले नगरभित्रका महिला स्वयंसेविकाहरुलाई सम्मान गरेकोछ ।

१७ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवशको अवसरमा नगरपालिकाले शनिबार महिला स्वयंसेविकाहरुलाई सम्मान गरेकोहो । नगरको ग्रामीण क्षेत्रमा स्वयंसेविकाहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नगरपालिकाले उनिहरुलाई सम्मान गरेकोहो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै निजगढका मेयर सुरेश कुमार खनालले स्वास्थ्य स्वयंसेविकाहरुले नगरवासिको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानप्रती सम्मान प्रकट गर्नुभयो ।

मेयर खनालले सामान्य देखि जटिल अवस्थाका रोगहरुको नियन्त्रण र रोकथामकालागी महिला स्वयंसेविकाहरुको भुमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणकालागी नगर भित्रका स्वास्थ्य स्वयंसेविकाहरुले गरेको लगनशिलताका कारण जटिल स्थिती उत्पन्न हुन नसकेको जनाउनुहुदै मेयर खनालले आगामी दिनमा थप शशक्त ढङ्गले परिचालन हुन आग्रह गर्नुभयो ।

ग्रामीण भेगमा स्वास्थ्य सुरक्षा कायम गर्न स्वास्थ्य स्वयंसेविकाहरु अझै लगनशिल हुनुपर्ने बताउनुभयो । काएयक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख लिकादेवी लामिछाने खनाल,निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामा लगायतको सहभागिता रहेकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *