हेटौंडा लेडि जेसिजद्धारा ॐ वृद्धाआश्रममा खाद्यान्न सामाग्री वितरण

हेटौंडा लेडि जेसिजले हेटौंडा १ चौकिटोलमा रहेको ॐ वृद्धाआश्रममा प्रेम दिवसको अबसर पारी खाद्यान्न सामाग्री वितरण गरेको छ।

लेडि जेसिजले आइतबार उक्त ॐ वृद्धाआश्रममा रहेका वृद्ध वृद्धा आमा बुबाहरुको लागि खाद्यान्न वितरण गरेको जेसिजकी उपाध्यक्ष दिलु घर्तिले जानकारी दिइन।

उपाध्यक्ष दिलु घर्तिका अनुसार , चामल २ बोरा, आलु १ बोरा, नुन१ बोरा, दाल१ बोरा, साबुन १ बोरा , सरफ १ बोरा, राजमा १५ के जि, अन्डा १५ क्रेट र तेल २ कार्टुन वितरण गरिएको हो।

उक्त कार्यक्रममा सभाध्यक्षतामा जेसिजकी अध्यक्ष प्रतिमा श्रेष्ठ तथा ॐ वृद्धाआश्रमका सचिब दिपक सुबेदि र वडा अध्यक्ष सबिन न्यौपानेको अतिथ्यतामा भएको हो। जेसिज रन्जिता बिष्ट संयोजकत्वमा कार्यक्रम भएको हो।

कार्यक्रममा हेटौंडा लेडि जेसिजकी पुर्व अध्यक्ष रश्मि बस्नेत, उपाध्यक्ष दिलु घर्ती सहित लेडि जेसिजका पदाधिकारीको उपस्तिथि रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *