अष्ट्रेलियामा हेलिकप्टरबाट गोली हानेर मारिए पाँच हजार उँट

अष्ट्रेलियामा पाँच दिनमा पाँच हजार भन्दा बढी उँटलाई गोली हानिएको छ।

पानी खोज्दै ठूलो संख्यामा उँट आएर घरमा नोक्सानी पुर्‍याउन थालेपछि आदिवासी समुदायले उँट मार्न माग गरेका थिए।

उनीहरूको मागबमोजिम मंगलबारसम्म हेलिकप्टरबाट निशानेबाजले गोली हानेर पाँच हजार बढी उँट मारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।ठूलो संख्यामा उँटहरु खाना, पानी खोज्दै भौतिक संरचना भत्काएको र सवारी दुर्घटना समेत बढ्न सक्ने भन्दै सरकारले उँट मारेको हो।

दक्षिण अष्ट्रेलियास्थित अनंगु पिट्जन्तजतजारा यानकुनित्जतजारा (एपीवाई)मा करिब २३ सय आदिवासी छन्।

त्यस क्षेत्रमा उँटसँगै केही छाडा घोडाहरु समेत मारिने बताइएको थियो।अष्ट्रेलियामा डढेलोका कारण बढेको गर्मी र सुख्खाका कारण पनि उँटहरु शहरमा आएको बताइएको छ।

डढेलोकै कारण त्यहाँ ५० करोड पशुपंक्षी समेत मरिसकेका छन्।उँटहरु भने त्यहाँको स्थायी जनावर नभएको र सन् १८४०मा २० हजार उँट भारत, मध्यपूर्व, अफगानिस्तानलगायतका ठाउँबाट ल्याएको थियो। अष्ट्रेलियामा उँटको संख्या बढिरहेको थियो। त्यहाँका मरूभूमिमा करिब १० लाख उँट  रहेको अनुमान छ।

र यो पनि हेर्नुस – गायक निशान भट्टराईकाे दुर्घटनामा ज्यान गयाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *