निजगढको सार्वजनिक स्थानहरुमा हेल्थ डेस्क संचालन

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामकालागि निजगढ नगरपालिकाले नगरको सार्वजनिक स्थलहरुमा हेल्थ डेस्क सहित सर्वसाधारणलाई हात धुने व्यवस्था मिलाएकोछ ।

निजगढ नगरपालिकाले नगरको बढी भिडभाड हुने र जोखिममा रहने स्थानमा सर्वसाधारणलाई हेल्थ डेस्क सहित हात धुनकालागि साबुनसहित पानी ट्याङ्की राखेको हो ।

नगरको मुख्य बजार क्षेत्रहरुमा हेल्थ डेस्क सहित हात धुनकालागि साबुनसहित पानी ट्याङ्कीको व्यवस्था गरेको निजगढका मेयर सुरेश कुमार खनालले बताउनुभयो । नगरपालिकाको मुख्य व्यापारिक क्षेत्र शहिद चोक,बुद्ध चोक,नगरपालिकाको कार्यालय,रतनपुर र भरतगंज सिंगौलमा हेल्थ डेस्क सहित हात धुनकालागि साबुनसहित पानी ट्याङ्की राखिएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रमेश लामाले बताउनुभयो ।

र यो पनि हेर्नुस – चैत ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै कार्यालय बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *