सिन्धुलीमा १७ जनाले कोरोना जिते

सिन्धुली । सिन्धुलीमा १७ जनाले कोरोना जितेका छन् । उनीहरुको आरटी–पिसिआर रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएका हुन ।

यसरी कोरोना जित्नेमा ४ वर्षकी बालिकादेखि ६२ वर्षका वृद्ध समेत छिन । अब सिन्धुली अस्पतालमा एक र एपोलो अस्पताल एक जना कोरोना सन्क्रमण देखिएका उपचाररत छन ।

यस्तै प्रहरीको क्वारेन्टाइन ७ जना संक्रमण देखिएका उपचाररत छन । सिन्धुलीमा करिब ८० जना जतिको स्वाब रिपोर्ट आउन बाँकी रहेको सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लाद पोखरेलले जानकारी दिए ।

  • nagarikkhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *