कोसी अस्पतालका थप २८ जना डिस्चार्ज हुँदै

 प्रदेश १ बाट थप २८ जना कोरोना संक्रमित बिहीबार डिस्चार्ज हुने भएका छन् । विराटनगरको कोसी अस्पताल, कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका २८ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू आज डिस्चार्ज हुन लागेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार उदयपुरका चार, झापाका सात, मोरङका छ, सुनसरीका चार, सप्तरीका दुई धनकुटाका चार र खोटाङका एक गरी जम्मा २८ जना डिस्चार्ज हुँदैछन् । उनीहरूमध्ये छ जना महिला र २२ जना पुरुष छन्।

कोरोनामुक्त भएकाहरूलाई बिहीबार दिउँसो डिस्चार्ज गर्ने प्रदेश १ सरकारले तयारी गरेको छ । योसँगै प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ७६ पुगेको छ ।

यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना र विराटनगरबाट ३० जना निको भएर घर फर्किसकेका छन्। प्रदेश १ मा कोरोना संक्रमितको संख्या एक सय ८५ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *